बिडारीको मोबाइल कसरी पुग्यो भारत ?

बिडारीको मोबाइल कसरी पुग्यो भारत ?

वरिष्ठ अधिवक्ता तथा पूर्वसांसद रामनारायण विडारीले आफ्नो सामाजिक सञ्जाल भारतबाट चलाउने प्रयास भइरहेको भन्दै फेसबुकको मातृ कम्पनी मेटाको ध्यानाकर्षण गराएका छन् । भदौ २४ गते लुटिएको आफ्नो मोबाइल र ल्याप्टप भारतको पटना पुगेको उनको अनुमान छ । 

जेनजी आन्दोलनको नाममा भदौ २४ गते अराजक समूहले बिडारीको घरमा लुटपाट र आगजनी गरेको थियो । सोहीक्रममा चोरिएको मोबाइल र ल्याप्टप अहिले पटनाबाट फेसबुक चलाउने प्रयास भैरहेको उनले बताए ।

‘मेरो मोबाईल र ल्यापटप भाद्र २४ गते घरबाट लुटेर लगेको र आज पटना (भारत)बाट सामाजिक सञ्जाल चलाउने काम गरिरहेको महशुस हुन आएको छ’, उनले भनेका छन्, ‘यसमा नेपाल सरकार र फेसबुक (मेटा)को जानकारी गराउँदछु।’

बिडारीले घटना भएको दिन आफूले चप्पलसमेत लगाउन नपाएको दुखेसो पोखेका थिए । ‘चप्पल लमेत लगाउन दिएनन्, लगाएको गन्जी र हाफ पाइन्टबाहेक सबै भष्म बनाए’, उनले भनेका थिए ।
 

टिप्पणीहरू