प्रेम अन्धो हुन्छ भन्नलाई अर्थोक के चाहियो प्रमाण !

भनिन्छ प्रेम अन्धो हुन्छ । यसको कुनै स्वरूप हुँदैन । मायाँ जतिबेला, जोसँग पनि बस्न सक्छ । यसले न उमेर भन्छ, न जात, न धर्म । प्रेम गर्न केही कुराले छेक्दैन । प्रेममा मानिस पागलसमेत हुन्छ । प्रेमको गहिराइमा डुबिसकेपछि व्यक्तिले सही–गलत सबैथोक बिर्सन्छ । संसारमा प्रेमका यस्ता बेमेल घट्ना धेरै छन् । नेपालमै पनि धेरै उदाहरण छन् ।
काइल जोन्स अमेरिकाको पेन्सिल्भानिया राज्यको पिटसबर्गका हुन् । किशोरावस्थामा पुग्दानपुग्दै महिलातर्फ आकर्षित हुन थाले । उनलाई ८० वर्षमाथिका वृद्ध महिला मन पथ्र्यो । चाउरी परिसकेको अनुहार र झुलेको स्तनप्रति धेरै आशक्त हुने गर्थे । सडकमा त्यस्ता प्रौढ महिला देख्नेबित्तिकै पछि लाग्थे । ३० वर्षको उमेरमा एउटा कल सेन्टरमा काम गर्न थाले । त्यसबेलासम्म पेन्सन पकाएर बसेका दर्जनभन्दा बढी महिलासित सम्बन्ध गाँसे । उनीहरूसँग पार्कमा घुम्न जाने, रेष्टुराँमा खाने र कति जनासित त होटलमा रात बिताउनेसम्म गर्थे । काइलको अनौठो बानीबारे ५० वर्षीया आमा पूर्णतः जानकार थिइन् । कति जना प्रौढ महिलालाई घरमै लगेर आमा सेसिलिया जोन्ससँग भेटाउँथे पनि ।
यसैबीच, सन् २००९ मा उनको भेट मर्जोरी मैककुलसित भयो । मर्जोरीको जर्जियामा पुस्तक पसल थियो । काइल पुस्तक किन्न जाँदा मर्जोरीलाई देखे । मर्जोरी विवाहित भए पनि ३७ वर्षदेखि एकल जीवन बिताउँदै थिइन् । ६ जना केटाकेटी उनका लोग्नेसितै बस्थे । नाति पनाति दर्जनौँ थिए । अनुहार मात्र होइन, शरीरभरिकै छाला मुजामुजा परिसकेको थियो, उमेर ९१ । मर्जोरीलाई देख्नेबित्तिकै काइल फिदा भए । पटक–पटक पसलमा पुग्न थाले । एक दिन फोन नम्बर मागे र डेटमा जाने प्रस्ताव राखे । मर्जोरीले सजिलै उनको प्रस्ताव स्विकारिन् । उनको भनाइ थियो– ‘जब मैले अरु महिलासित पनि सम्बन्ध रहेको थाहा पाएँ मलाई उनीप्रति ईष्र्या जाग्यो तर तिनीहरूमध्ये तिमी नै नम्बर १ हौ भनेपछि चाहिँ फिदा नै भएँ ।’
उनी अगाडि भन्छिन्, ‘हाम्रो सम्बन्धको भौतिक पक्ष अद्भूत छ । म आफैँ छक्क पर्छु । उनीसित बिताएको पल जीवनकै उत्कृष्ट समय हो भन्ने मान्छु । मेरा सन्तान सबै पुरुष थिए त्यसैले उनीहरूले मेरो हेरचाह गरेनन्, न व्यापारमा सघाए । मेरा जेठो छोरो ७१ र कान्छो ५० को छ । हामी जब सँगै बाहिर डुल्न निस्कन्छौँ, सबैले सोच्छन् उनी मेरो छोरा वा नाति हुन् । म पनि उनीसँगै सुत्न जाँदा कहिलेकाहीँ यो छोरो वा नाति उमेरको हो भन्ने सोच आउँछ तर जब शरीर एकाकार हुन थाल्छ, सबै बिर्सन्छु । उमेरमा ६० वर्षको फरक भएर बज्यै र नातिजस्तै देखिए पनि मैले उनीबाट पूर्णरूपमा शारीरिक सन्तुष्टि पाउने गरेको छु ।’ काइल पनि भन्छन्, ‘अक्सर महिला आफ्नो अनुहार र शरीर चाउरिन र स्तन झुण्डिन थालेपछि चिन्ताग्रस्त हुने गर्छन् तर उनीहरूलाई के थाहा मलाई त्यही चाउरिएको शरीर मन पर्छ । प्लास्टिक सर्जरी गर्ने महिला मनै पर्दैन । मलाई सबै प्राकृतिक चाहिन्छ ।’
पहिलो भेटको २ वर्षपछि बिहे गरेका उनीहरूले ५ वर्ष हाँसीखुशी दाम्पत्य जीवन बिताए । मर्जोरीको निधन सन् २०१६ मै भइसकेको छ । एक समय एक जनासँग मात्र सम्बन्ध राख्नुपर्छ भन्ने मान्यताका विरोधी काइलको अहिले पनि ३ जना वृद्धासित सम्बन्ध छ, तीमध्येकी एक ७८ वर्षीया अन्ना रोनाल्ड हुन् ।
मारिया भोगेलको जन्म अफ्रिकी मुलुक जिम्बाबेको सौर्सटाउनमा भयो । स्थानीय स्कूलको पढाइ सकाएपछि उच्चशिक्षा हासिल गर्न इङल्याण्ड पुगिन् । १५ वर्षको हुँदा सहपाठी पाउल बुत्जकीसित प्रेम भयो र गर्भवती बनिन् । २ वर्षपछि छोरी लाउराको आमा बनिन् । र, दोस्रो सन्तान एमी जन्मिनुपूर्व दुबैले बिहे गरे । सन् २००६ मा पुग्दानपुग्दै सम्बन्ध कठिन मोडमा पुग्यो । पाउल बेरोजगार बनेपछि दुवैजना टेन्सनको जीवन बिताउन पुगे । दुबैले खाना पकाउने, सरसफाइ गर्ने र केटाकेटीको हेरचाह भने मिलेरै गर्थे तर शारीरिक सम्बन्ध राख्दैनथे । नतिजा, केटाकेटीमै गरेको प्रेम र बिहे भएको १३ वर्षपछि दुवैको सम्बन्ध लोग्ने स्वास्नीको होइन कि दाजु र बहिनीको जस्तो हुन पुग्यो । यसबीच मारियाको अफिसमा पिटर ग्रुमन नामक केटो काम गर्न आइपुग्यो । काम गर्ने सिलसिलामै उनीहरू नजिकिए ।
त्यसो त पिटर पनि विवाहित नै थिए । यसको बावजुद दुबै गोप्य भेटघाट गर्न थाले । एक दिन एउटा पबमा बसेर खाँदै थिए, अचानक पिटरले आफ्नो हात मारियाको तिघ्रामा राखे । मारियाले शरीरभरि करेन्ट दौडेको महसुस गरिन् । गलत हो भन्ने थाहा पाउँदा पाउँदै त्यो दिन शारीरिक सम्बन्ध राखिन् । यसरी नै १ वर्ष सम्बन्ध अघि बढ्यो । पिटरले फेरि पनि सम्बन्धका लागि जिद्दी गर्न थाले तर मारियाले आफूलाई सम्हाल्दै गइन् । यसबीच पिटर पत्नीबाट अलग्गिए । यसपछि भने दुबैको सम्बन्ध प्रगाढ बन्यो । सन् २०१० मा मारियालाई लाग्यो कि पिटरसितको सम्बन्धबारे पाउललाई बताउनु ठीक हुन्छ । र, उपयुक्त समयमा आफू पिटरसँग बस्न जाने निर्णय सुनाइन् । मारिया घरबाट हिँडेपछि पाउलको परिवार तहसनहस भयो । उनले केटाकेटीलाई सम्हाल्न सकेनन् । उनलाई मारियाको सम्झनाले सताउन थाल्यो । मारिया घर छाडेर हिँडेको अर्को महिना दुबै छोरीसहित लिएर पाउल पिटरको घरमा बस्न गए ।
मारिया पिटरलाई मन पराउँथिन् । पाउलप्रति पनि मनमा पुनः प्रेम पलायो । उनले पिटरलाई मनाइन् र सबै जना पुनः पाउलको घर फर्के । आजभोलि मारिया लोग्ने र प्रेमीसित एउटै छतमुनि बस्छिन् । मारियाका अनुसार उनको दुवै जनासँग शारीरिक सम्बन्ध हुन्छ तर तीनैजना एउटै बेडमा भने सुत्दैनन् । पाउल र पिटरले पनि मारियाको यो सम्बन्धलाई लिएर औंला उठाउँदैनन् । यतिखेर मारिया ४५ की छन् भने पाउल ४९ र पिटर ४८ का । त्यस्तै लाउरा २८ र एमी २४ की भइन् । उनीहरू लण्डनमा बस्छन् । पाउल रेलवेमा काम गर्छन् भने पिटर ठेकेदार कम्पनीमा । मारिया एउटा कम्पनीमा जनसम्पर्क अधिकृत छिन् । पाउल र पिटर भन्छन्– ५ जनाको परिवार एउटा टिम बनेको छ । हामी खुशी छौं । एकार्काप्रति हामीमा कुनै ईष्र्याभाव छैन ।
यस्तै एउटा अनौठो जोडी हो एन्टोन क्राफ्ट र चिना बेलको । एन्टोन ४ फुट मात्र अग्ला छन् भने प्रेमिका चिना ६ फुट ६ इञ्च अग्ली । सन् २०१५ मा भेट हुँदा एन्टोन ५२ र चिना ४३ का थिए । एन्टोन भारोत्तोलक खेलाडी हुन् । बच्चैदेखि आन्तरिक बिरामीका कारण शरीर ठीकसँग विकास नभएको हो । यस्तो व्यक्तिसित लिंग परिवर्तन गरेर स्त्री बनेका चिना प्रेम गर्न पुगिन् । उनले अन्टोनलाई जिमखानामा जिम गरिररहेको देखिन् र प्रेम जागृत भयो । भन्छिन्– हेर्दा मात्र सानो जिउकी हुन् तर निकै बलिया छन् । हुन पनि एन्टोन आफ्नो तौलभन्दा ४ गुणा बढी तौल उचाल्न सक्छन् । चिना भन्छिन्– सानो मान्छेले ठूलो वजन उचालेको देखेरै मेरो मनमा प्रेमभाव जागेको हो । उनीहरू लण्डन निवासी हुन् ।
टिप्पणीहरू