आचार्यको नाम आयो,कांग्रेस काठमाडौंमा तरंग

आचार्यको नाम आयो,कांग्रेस काठमाडौंमा तरंग

नजिकिँदो प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका युवा नेता बाबुराम आचार्य काठमाडौं क्षेत्र नम्बर १, बाट सिफारिस भएका छन्  ।   

पूर्वमहामन्त्री प्रकाशमान सिंहले लगातार चार पटक चुनाव जितेको सो क्षेत्रमा समाजसेवी र स्थानीय स्तरमा रुचाइएका युवा नेता आचार्य प्रत्यक्षतर्फ सिफारिस भएका छन्  ।

जेनजीलाई पनि मिलाएर लैजानसक्ने, जस्तोसुकै परिस्थितिमा लड्नसक्ने, द्वन्द्वकालमा पनि माओवादीबाट यातना खेपेका र शिक्षित एवं विकासप्रेमी आचार्यले आउँदो चुनावमा पनि टिकट पाउने आशा राखेका छन्  । 

उनले पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर (मास्टर्स) सम्मको अध्ययन पूरा गरेका छन् । अढाई दशकदेखि कांग्रेसमा सक्रिय आचार्य अविवाहित छन् । गुट, उपगुटभन्दा पनि पार्टीले बहमत प्राप्त गरेर देश र जनताका निम्ति काम गर्नुपर्ने उनको धारणा छ । 

उनी शिक्षा र स्वास्थ्य पूर्णरुपमा निःशुल्क गरिएमात्र मुलुकमा विकासको शुरुवात हुने बताउँछन् । त्यस्तै, समानुपातिक, प्रदेश संरचना र जातीय राजनीति खारेज गर्नुपर्ने उनको तर्क छ ।

टिप्पणीहरू