एनपीएल: पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

एनपीएल: पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजबाट प्लेअफका खेल शूरू हुँदैछ । आज हुने पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे शुरू हुनेछ । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये छ खेलमा जित निकाल्दा एक खेलमा पराजित भएको थियो । यता विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो ।

सुदूरपश्चिमले लिगचरणमा विराटनगरसँग एकमात्र हार बेहोरेको थियो । लिगचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम विराटनगरसँग ६ विकेटले पराजित भएको थियो । त्यसैले सुदूरपश्चिमलाई आज उक्त खेलको बदला लिने अवसर रहेको छ भने विराटनगर सोहि लयलाई निरन्तरता दिन चाहन्छ।

आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा  मौका पाउनेछ ।

टिप्पणीहरू