तस्करी गरेर नेपाल भित्र्याइएकाे मल बरामद

तस्करी गरेर नेपाल भित्र्याइएकाे मल बरामद

कपिलवस्तुमा भारतबाट तस्करी गरेर ल्याइएको १८० बोरा युरिया मल बरामद गरिएको छ । स्थानीय तस्कर समूहसँग मिलेर कपिलवस्तुको शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको फ्याक्ट्रीभित्र भित्र्याइएको युरिया मल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

ट्रकमा लोड गरिएको उत्त मल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तुला चौधरीले जानकारी दिए। उनका अनुसार बरामद भारतीय युरिया मल र प्रयोग भएको ट्रक कृष्णनगर भन्सार कार्यालयलाई बुझाइएको छ । उक्त इण्डस्ट्रिज स्थानीय व्यापारी मनोज कनौडियाको हो ।

स्थानीय प्लाइउड उद्योगहरूले युरिया मललाई प्लाइ टाँस्ने गोंदको रूपमा प्रयोग गर्ने गरेका छन्। कपिलवस्तुमा रहेका करिब एक दर्जन प्लाइउड उद्योगले अवैध रूपमा आयात गरिएको युरिया मल प्रयोग गर्ने गरिएको आशंका छ ।

टिप्पणीहरू