कांग्रेस नेतामाथि साढे तीन करोड भ्रष्टाचार आरोप

कांग्रेस नेतामाथि साढे तीन करोड भ्रष्टाचार आरोप

नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । चालिसेले गैरकानुनी रुपमा करोडौँ रकम आर्जन गरेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा अभियोग पत्र दर्ता गराएका छ ।

०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चालिसे ०७४ को निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयर चुनिए । नगर प्रमुख हुँदा चालिसेले गैरकानुनी रुपमा तीन करोड ६८ बराबरको सम्पति आर्जन गरेको अख्तियारको दावी छ । सोही बराबरको रकम विगो कायम गरिएको अभियोग पत्रमा स्रोत नखुलेको सम्पति जफत र कैद सजायको माग गरिएको छ । 

चालिसे तत्कालीन प्रतिनिधिसभामा अर्थ समिति सभापति थिए ।

टिप्पणीहरू