के हो ०१७ सालको भन्दा ठूलो दुर्घटना भनेको ?
सुशील पन्त
‘छिटोमा २५ वैशाख र ढिलोमा ३० वैशाखमा स्थानीय निर्वाचन गर्ने गरी १५ माघभित्र चुनाव घोषणा हुन्छ’ माघ ९ गते संसदीय मामिला पत्रकार समाजले संसद् भवनको ल्होत्से हलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसो भनेका थिए । त्यसअघि एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले ठट्टा गरे, ‘चुनावको मिति घोषणा गर्ने हो भने आजै अवसर छ है !’ प्रधानमन्त्रीले चुनावको मिति घोषणा गर्ने बताएपछि त्यो समाचार…