न्युरोडका सबै दमकल राष्ट्रिय सभा गृहमा

न्युरोडका सबै दमकल राष्ट्रिय सभा गृहमा फाइल फाेटाे

नयाँ सडकको जुद्ध शालिक नजिकैको जुद्ध बारुद यन्त्रहरु (दमकल) प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सारिएको छ । दमकल भवन मर्मतका लागि आजदेखि त्यहाँका दमकल सभागृह लगिएको हो ।

भवन मर्मतपछि पुनः नयाँ सडकमा नै दमकल सारिने बताइएको छ । काठमाडौं महानगरपालिकाले अस्थायी रुपमा हाललाई दमकल सेवा सभागृहबाट उपलब्ध हुने जनाएको छ ।

टिप्पणीहरू