सभापति छाड्न रवि तयार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राजनीतिमा आवश्यकता परे अरुलाई पनि एकै ठाउँमा ल्याउन आफू लचिलो हुने बताएका छन् । उनले परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफूले सभापति पद त्याग्ने बताए ।
उच्च अदालतको बुटवल इजलास पुगेर रिहा भएपछि आज चितवनमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले मुलुकलाई निकास दिनका लागि चुनाव चिह्न, सभापति, उपसभापति सबै छाड्न तयार रहेको जानकारी दिए ।
सँधैको लागि एकता हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘ती सबै त्याग एउटा चुनावको लागि मात्रै होइन ।’
टिप्पणीहरू