प्रशंसा र आलोचना दुबै सुन्न तयार छौं : माधव नेपाल

प्रशंसा र आलोचना दुबै सुन्न तयार छौं : माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले आफू र आफ्नो पार्टीले मानदारिताका साथ मुलुक र जनताप्रति प्रतिबद्ध रहेर काम गर्दै आएको बताएका छन् ।

त्यसैले आफ्नो पार्टीलाई एक पटक मौका दिन आग्रह गर्दै नेपालले जनतालाई पार्टीले देशभक्ति र सेवाभावलाई केन्द्रमा राखेर भूमिका खेल्ने उल्लेख गरेका छन् ।

राजधानीमा आयोजित पार्टीको सन्देश सभालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीले मुलुकमा गणतन्त्र ल्याउने, संविधान निर्माण गर्ने, लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने, र देशको विकास योजना अघि बढाउने कार्यमा खेलेको भूमिकाको मूल्यांकन गर्न पनि अनुरोध गरेका छन् । उनले भने, ‘राम्रा कामको प्रशंसा र कमीकमजोरीको आलोचना सुन्न तयार छौं ।’

टिप्पणीहरू