शिक्षक सहकारीको साधारण सभा सम्पन्न
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पन्ध्रौं साधारण सभा सम्पन्न गरेको छ ।
सहकारीका अध्यक्ष सन्तकुमार राईको अध्यक्षतामा ताप्लेजुङको फुङलिङ बजारमा हिजो साधारण सभा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१–०८२ मा ७४ लाख २२ हजार ६०३ रुपैयाँ बराबरको कारोबार गरेको प्रतिवेदन सभाले पारित गरेको छ ।
१०९ पुरुष र ३२ महिला गरी जम्मा १४१ जना सदस्य रहेको उक्त सहकारीमा आबद्ध सबै शिक्षक हुन् । उनीहरू नेपाल राष्ट्रिय शिक्षक महासंघमा सदस्य रहेका छन् ।
टिप्पणीहरू