‘हामी पनि पहिले जेन जी उमेरकै थियौं’
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा स्टन्टबाजी गर्दैमा मुलुकमा परिवर्तन असम्भव रहेको बताउनुभएको छ । उहाँले कुन ठीक, कुन बेठकी भन्ने कुरो उमेरले नभएर विचार र सिद्धान्तले निर्देशित गर्ने दाबी गर्नुभयो ।
पार्टीले राजधानीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उहाँले आफूहरु पनि जेन जी उमेर समूहकै युवाहरुको बलमा राजनीति गर्दै आएको बताउनुभयो । भन्नुभयो, ‘बा आमाहरुलाई अपमान नगर्नुहोस् । बा आमाको अनुभव, शिक्षा र सुझाव लत्याउने कुनै पनि पुस्तालाई योग्य ठहराउन सकिँदैन ।’
पछिल्लो अवस्थामा आफूहरुले स्वयम् आफैँलाई सच्चााउने उद्देश्यले राजनीतिक एजेण्डा बोकेर अगाडि आएको दाबी गर्नुभयो । मुलुकप्रतिको प्रेम र जनताप्रतिको संकल्पलाई व्यवहारमा उतार्ने दृढताका साथ अघि बढेको बताउनुभयो ।
टिप्पणीहरू