खासमा देश बनाउने चाहिँ कसले हो ?
केही समयपहिले देश किन बनेन भनेर सार्वजनिक बहस चल्न–चल्न थालेको थियोे तर चल्न सकेन ।
हामीकहाँ यस्तो बहस चल्न पनि सक्दैन । किनभने देश बनाउन बनाउने मान्छे चाहिन्छ, देश बनाउन देश बनाउने राजनीतिक दल चाहिन्छ । हामीकहाँ देश बनाउने मान्छेहरू छैनन् र राजनीतिक दल पनि छैनन् । देश बनाउने मान्छे र देश बनाउने राजनीतिक दल पनि विचारधाराले नै बनाउने हो । विचारधाराबाहेक देश बनाउने अरु कुनै यन्त्र छैन ।
हामी कहाँ देश बनाउने मान्छे, दल र विचारधारा सबै कुराको सर्वथा अभाव …