रास्ट्रपतिको अपहरणविरुद्ध संयुक्त रास्ट्र संघमा छलफल
अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई अपदस्थ गरेर अनधिकृत मुद्दा चलाउन गएराती न्यूयोर्क पुर्याएपछि यस विषयमा छलफल गर्न न्यूयोर्कमै मुख्यालय रहेको संयुक्त राष्ट्रको सुरक्षा परिषद बैठक भोलि सोमबार बस्ने भएको छ ।
कूटनीतिज्ञहरूका अनुसार कोलम्बियाको अनुरोधमा सुरक्षा परिषद्को बैठक बोलाउन लागिएको हो,जसलाई रुस र चीनले समर्थन गरेका छन् । साथै यो घटनालाई रूस,चीन,इरान, क्युबालगायतले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र सार्वभौमिकता हनन भन्दै निन्दा गरेका छन् ।
पन्ध्र सदस्यीय सुरक्षा परिषदमा यसवारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। केही देशले तनाव कम गर्न र संयम अपनाउन आह्वान गरेका छन् । उक्त कदमलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले “खतरनाक नजिर” स्थापना गर्ने कदमका रूपमा टिप्पणी गरेका छन् ।
टिप्पणीहरू