आयोगमा बयानपछि पूर्व गृहमन्त्री पत्रकारसङ्ग बोल्ने

आयोगमा बयानपछि पूर्व गृहमन्त्री पत्रकारसङ्ग बोल्ने फाइल फोटो

तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगसमक्ष आज बयान दिँदै छन् ।

शुक्रबार नै फोन गरेर सोमवार दिउँसोको समय तोकेका कन्चनपुरबाट नेपाली काँग्रेसका नेता लेखक मध्यान्ह १२ बजे आयोग पुग्ने बताइएको छ । 

बयानपछि उनले पत्रकार सम्मेलन आयोजना गर्दैछन् । दिउँसो २ बजे सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम राखिएको छ ।

टिप्पणीहरू