तनावपछि वार्तामा बस्ने विश्वविद्यालयकाे तयारी
मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ मा तनावग्रस्त अवस्था बनेको छ । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित विश्वविद्यालयमा अध्ययनरत छात्राहरुलाई अभद्र व्यवहार गरेको निहुँमा तनाव सिर्जना भएको हो।
विद्यार्थीहरुले विश्वविद्यालयमा तालाबन्दीपछि टायर बालेका छन् । छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा चार जना विद्यार्थीलाई विश्वविद्यालयले निलम्बन गरेको थियो । सो निलम्बनको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
हाल अवस्था सामान्य बनेको जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले बताइन् । विश्वविद्यालयका प्रतिनिधि र विद्यार्थीहरु वार्तामा बस्ने तयारी भइरहेको उनले जानकारी दिइन् । जनआस्थासँग उनले भनिन्,‘वार्तामा बस्ने सहमतिपछि अवस्था सामान्य बनेको छ ।’
टिप्पणीहरू