उधारो सम्झौता : बोकाको टाउको,बाख्रीको मासुमा निर्भरता

उधारो सम्झौता : बोकाको टाउको,बाख्रीको मासुमा निर्भरता

‘बालेन साहलाई प्रधानमन्त्रीको उधारो आश्वासन दिएर रवि लामिछाने किन पार्टी सभापतिमा सिमित रहे ?’ आज बिहानदेखि धेरैले सामाजिक सञ्जालमा राखेको जिज्ञासा यही हो । रविले आश्वासन दिँदैमा कोही पनि प्रधानमन्त्री बन्न सक्ने अवस्था बिध्यमान कानुनी ब्यवस्थाअनुसार छैन ।

प्रथमतः चुनाव हुनुपर्यो,बहुमत ल्याउनुपर्यो,त्यो पनि भएन भने गठबन्धन दलहरुबीच रास्वपाको नेतृत्व स्वीकार्ने परिस्थिति बन्नुपर्यो आगामी संसदीय निर्वाचनपछि बन्ने प्रधानमन्त्रीका लागि । तर,विगतमा परिस्थितिअनुसार बार्गेनिङ गरेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका उनी आफैँ प्रधानमन्त्रीका सबैभन्दा धेरै ‘इच्छुक उम्मेदवार’ हुन् ।

त्यसका लागि आगामी निर्वाचनमा बहुमत ल्याउनैपर्ने भएकाले वा सबैभन्दा ठूलो दल बन्नुपर्ने भएकाले रास्वपा सभापति रवि लामिछानेले चुनावमा अनेक फण्डा गरेर जानुपर्ने विकल्प सार्नुलाई अचम्म मान्न सकिँदैन । विगतमा उनलाई अघि सारेर चुनावमा गएको रास्वपा अहिले अदालतमा विचाराधीन मुद्दाहरुका कारण बहुमत ल्याएर सांसद निर्वाचित भए पनि प्रधानमन्त्री हुनसक्ने अवस्था छैन ।

त्यसैले काठमाडौं महानगरका मेयर बालेनलाई अगाडि सारेर चुनाव लड्ने रणनीतिस्वरुप आज बिहान लिखित सम्झौता गरिएको अनुमान लगाउन सकिन्छ । 

जसअनुसार बालेनको नाम र अनुहार अगाडि सारेर चुनाव लड्ने योजना बनाइएको प्रष्ट छ । तर बालेनको लोकप्रियता सिंहदरबार जलाइएपछि अहिले नरहेको,अझ देशव्यापी रूपमा नभएको मधेश प्रदेशका नेताहरु बताउँछन् । ‘अहिलेसम्म बालेनको क्रेज मधेश प्रदेशमा देखिएको छैन । मधेशमा नयाँ दल र नयाँ अनुहारको प्रभाव अत्यन्त कमजोर छ,’ मधेशवादी दलका एक जना नेता तथा राजनीतिक विश्लेषकको टिप्पणी हो यो ।

सर्वेक्षणमा भनिएको छ, ‘गत निर्वाचनमा कतिपयले बालेनलाई नदेखे पनि भोट हालेका थिए । अहिले ती मतदाताले नै सामाजिक सञ्जालमा आलोचना गर्न थालेका छन् ।’

उनका अनुसार मधेशबाट प्रतिनिधिसभा प्रतिनिधित्व करिब ५० प्रतिशत सिटसँग जोडिएको छ । विगतको चुनावलाई हेर्दा पनि रास्वपाको प्रभावसमेत मधेशमा सीमित देखिन्छ । यता पहाडी भूभागका निर्वाचन क्षेत्रमा समेत बालेनको प्रभाव काठमाडौँको भित्री शहरमा जस्तो छैन । चितवनको केही निर्वाचन क्षेत्रमा रास्वपाको प्रभाव पक्कै हो ।

केही शहरी क्षेत्रमा मात्रै सीमित रहेको बालेन र रविको प्रभाव पनि भुइँ तहका मतदाताका बढी रहेको उनै विश्लेषकले बताए । ट्याक्सी,माइक्रो र अन्य सवारी साधनमा टाँसिएका बालेनका फोटोलाई आधार मान्दै उनी भन्छन्, ‘यसैबाट लोभिएर रवि बालेनप्रति लपक्कै भएका हुन्  ।’ 

आगामी निर्वाचनमा मलेसिया, मध्यपूर्व,युरोप र अमेरिका जस्ता देशमा रहेका केही नेपालीले सामाजिक सञ्जालमार्फत उनीहरुको पक्षमा प्रचार भने गरिरहने छन् । तर पहिलेझैँ सामाजिक सञ्जालको मात्र प्रभावमा भोट हाल्ने अवस्था अहिले नरहेको एउटा सर्वेक्षणले देखाएको छ । गत भदौ २४ गतेको विध्वंशमा बालेन र रास्वपाको हात रहेको भन्ने युवा पुस्ताको ठूलो जमात छ । माइतीघरमा आन्दोलनरत निकोलस भुषालहरु उक्त मतमा अडिग छन् ।

उक्त सर्वेक्षणमा भनिएको छ, ‘गत निर्वाचनमा कतिपयले बालेनलाई नदेखे पनि भोट हालेका थिए । अहिले ती मतदाताले नै सामाजिक सञ्जालमा आलोचना गर्न थालेका छन् ।’ यस्तो अवस्थामा आगामी निर्वाचनको परिणाम रवि र बालेनले सोझो ढंगले सोचे अनुसार अंक गणितमा आउला भन्न सकिन्न ।

टिप्पणीहरू