महाश्रमको कार्यकाल सकिँदै, नयाँ नियुक्ति प्रक्रिया शुरु
राष्ट्रिय परीक्षा बोर्डको रिक्त हुन लागेको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ । अध्यक्ष डा.महाश्रम शर्मा पाँच वर्षे कार्यकाल सकेर केही समयमा बिदा हुन लागेकोले नयाँ नियुक्तिको प्रक्रिया शुरु भएको हो ।
सिफारिस समितिले आज दरखास्त आह्वान गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिसँग आवेदन मागेको छ । समितिको सूचनामा यही पुस २४ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ ।
उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरी शिक्षा तथा परीक्षासम्बन्धी क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै, शिक्षा ऐन, २०२८ को दफा ४ (क) को उपदफा (२) को खण्ड (क) मा उल्लिखित योग्यता र अनुभव पुगेको, राष्ट्रिय परीक्षा बोर्ड नियमावली, २०७६ को नियम ७ बमोजिम अयोग्य नभएको, कुनै राजनीतिक दलको सदस्य नभएको र परीक्षा बोर्डसँग कुनै किसिमको स्वार्थको द्धन्द्ध नभएको हुनुपर्ने भनिएको छ ।
टिप्पणीहरू