बिरामीलाई महँगा अस्पताल पुर्‍याउन एम्बुलेन्स चालककाे सेटिङ

बिरामीलाई महँगा अस्पताल पुर्‍याउन एम्बुलेन्स चालककाे सेटिङ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इच्छाविपरीत बिरामीलाई महँगा अस्पताल नलैजान एम्बुलेन्स चालकहरुलाई चेतावनी दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै आर्थिक प्रलोभनमा बिरामीलाई इच्छाविपरीत निजी तथा महँगा अस्पताल नलैजान निर्देशन दिएको हो । 

‘बिरामी वा घाइते एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सहरुले आर्थिक प्रलोभनमा परी बिरामीको इच्छा वा अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशनबिना निजी तथा महँगा अस्पतालहरुमा लैजाने गरेको गुनासो यस मन्त्रालयमा प्राप्त भएका छन्,’ सूचनामा भनिएको छ । 

अप्ठ्यारो अवस्थामा परेका बिरामीलाई सहयोग गर्नुको साटो उनीहरुबाट आर्थिक लाभ लिनु अत्यन्त दुःखद् कार्य भएको जनाउँदै मन्त्रालयले भनेको छ, ‘यस सम्बन्धमा सम्पूर्ण एम्बुलेन्स चालकहरुलाई प्रेषण गरिएको वा बिरामीले चाहेको स्वास्थ्य संस्थामै अनिवार्य रुपमा लैजान अनुरोध गरिन्छ ।’ यसविपरीत गरिएको पाइएमा कानूनबमोजिम कारबाही गर्ने मन्त्रालयको चेतावनी छ ।

टिप्पणीहरू