जेनजीका ताँती,मन्त्रीको नानाभाँती

जेनजीका ताँती,मन्त्रीको नानाभाँती

वन तथा वातावरण मन्त्रालय सम्हालिरहेका छन्, माधवप्रसाद चौलागाईंले । ‘जुरुक्क कर्णाली’ गीतबाट चर्चामा आएका चौलागाईं गत मंसिर २६ गतेदेखि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा छन् तर उनको अघोषित सल्लाहकार हुन् ऐनबहादुर शाहीका छोरा राजेन्द्र । सोही अनुसार अहिले सचिवालयमा जुम्लेली कर्मचारीको भरिभराउ छ । 

जेनजीको जोडबलमा चौलागाईंले सहसचिव मिमांशु अधिकारीलाई खेदेर भुपेन्द्र थापालाई ल्याएका छन् । थापाको उद्योगबाट वनमा इन्ट्री हुँदा मिमांशु राष्ट्रिय योजना आयोगमा पुगेका छन् । उपसचिव शोभाखर रेग्मीलाई कप्रबाट लखेटेर जुम्लेली प्रेम देवकोटालाई ल्याएका छन् । देवकोटा एक साथ तेहोरो जिम्मेवारीमा छन् । अहिले देवकोटा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कर्मचारी प्रशासन शाखा, मन्त्रीको निजी सचिव र मन्त्रालयको कर्मचारी प्रशासन फाँट हेर्न भ्याइ नभ्याइ छ । यसअघि राजश्व अनुसन्धानमा बसेका देवकोटा मन्त्रालयमा पस्दा शोभाखर सामान्यको बरण्डामा फालिएका छन् । 

यस्तै त्यहाँ न्याय सेवाका एकराज चौलागाईंलाई भिœयाइएको छ । जेनजी स्वकीयका रूपमा हरिहर चौलागाईंलाई मन्त्रालयमा ल्याइएको छ । उनी यसअघिका मन्त्रीमको सचिवालयमा थिए । अख्तियारले स्वकीयहरू हटाउन परिपत्र गरेपछि मन्त्रालय छाडेका उनी अहिले नयाँ जेनजी बनेर वनमा पसेका हुन् । एनजिओवाला अनिल बानियाँ मन्त्रीको सचिवालयमा छन् ।

टिप्पणीहरू