रास्वपाको बलमा गोर्खाबाट सुदन
जेनजी आन्दोलनको प्रमुख ‘स्टेक होल्डर’ दावी गर्दै आएका ‘हामी नेपाल’ (एनजिओ) का संस्थापक सुदन गुरुङले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिने घोषणा गरेका छन् । ‘अब प्रतिक्षा हैन,परिवर्तन भन्दै’ उनले आज सामाजिक सञ्जालमार्फत् सो घोषणा गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीचको एकतामा सूत्रधार बनेका गुरुङले स्वतन्त्र उम्मेद्वारी दिन लागेका हुन् वा कुनै पार्टीबाट उठ्न लागेका हुन्, त्यो भने खुलाएका छैनन् । तर जानकार सोत भन्छ, ‘सुदनजीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रास्वपाको सहयोग रहन्छ ।’
‘महामन्त्री (कविन्द्र बुर्लाकोटी)ज्यूसँग उहाँ (गुरुङ)को नियमित संवाद भइरहेको छ, उहाँ पार्टीबाट भन्दा पनि स्वतन्त्र लड्ने मनस्थितिमा हुुनुहुन्छ ।’
०७९ को चुनावमा उक्त निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईँ ३३ हजार ४ सय २८ मतसहित विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी एमालेका रामशरण बस्नेत १६ हजार ६ सय ४३ मतमै सिमित भएका थिए, भने रास्वपाका उम्मेद्वार सुवर्ण रोकायले ४ हजार ८ सय ९२ मत ल्याएका थिए । सो क्षेत्रमा कांग्रेसको बलियो पकड रहेको मानिन्छ ।
यो सबै पृष्ठभूमिमा प्रधानमन्त्री सुशीला कार्कीका ‘जेठा छोरा’ भनिएका गुरुङले कस्तो मतपरिणाम ल्याउँछन्, त्यो निर्वाचनपछि नै थाहा हुनेछ । तर यतिबेला गुरुङले रास्वपासँग अघोषित तालमेल गरेर स्वतन्त्र उम्मेद्वारी दिएको बुझिएको छ । सोही स्रोतले थप्यो, ‘महामन्त्री (कविन्द्र बुर्लाकोटी)ज्यूसँग उहाँ (गुरुङ)को नियमित संवाद भइरहेको छ, उहाँ पार्टीबाट भन्दा पनि स्वतन्त्र लड्ने मनस्थितिमा हुुनुहुन्छ ।’
टिप्पणीहरू