पठाओ र इन ड्राइभविरुद्ध गण्डकीमा यातायात ठप्प

पठाओ र इन ड्राइभविरुद्ध गण्डकीमा यातायात ठप्प

राजधानी झैँ गण्डकी प्रदेशमा पनि राइड सेयरिङको अवधारणा आएपछि स्थानीय यातायात व्यवसायीले आजदेखि प्रदेशभर सार्वजनिक यातायात ठप्प गर्ने चेतावनी दिएका छन् । दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी सवारी साधनलाई एपमा आधारित राइड सेयरिङको अवधारणामा समेट्न खोजेको भन्दै सो को विरोधमा ज्ञापनपत्रसमेत बुझाइएको छ ।

उनीहरुले म्याग्दी,बागलुङ,पर्वत,मुस्ताङलगायत प्रदेशभर सार्वजनिक सवारी साधन सन्चालन नहुने जनाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई २४ घण्टाको अल्टिमेटम दिँदै निजी सवारी साधनलाई यात्रु नओसार्न चेतावनी दिइएको छ । प्रदेश सरकारले ल्याउन खोजेको त्यस प्रकारको नीति खारेजीको माग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश र सार्वजनिक यातायात केन्द्रीय महासंघ,गण्डकी प्रदेशलगायत मजदुर संगठनहरुले गरेका हुन् । 

उनीहरुले विरोधमा ऐक्यबद्धता जनाउँदै म्याग्दी,बागलुङ,पर्वत,मुस्ताङलगायत प्रदेशभर सार्वजनिक सवारी साधन सन्चालन नहुने जनाएका छन् । ऐक्यबद्धतामा भनिएको छ, ‘सम्पूर्ण सवारी साधन घर ग्यारेजमा राखी आन्दोलनमा सरिक हुन व्यवसायी तथा मजदुरहरुलाई हार्दिक अपिल गर्दछौं ।’

टिप्पणीहरू