सूर्यदर्शन सहकारीका उपाध्यक्षलाई रामेछापमा समातेर पोखरा पुर्याइयो

सूर्यदर्शन सहकारीका उपाध्यक्षलाई रामेछापमा समातेर पोखरा पुर्याइयो
सुन्नुहोस्

पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोगमा दर्लामीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय दर्लामीलाई रामेछापबाट हिजो पक्रेर आज पोखरा पुर्याइएको हो । उक्त सहकारीको रकम हिनामिना आभियोगमा १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । 

कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै थुनामा छन् । सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम हिनामिना गरेको पाइएको छ । उक्त सहकारीको रकम गीतेन्द्रबाबु (जिबी) राई समूहले झण्डै ३६ करोड हिनामिना गरेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको खातामासमेत सूर्यदर्शनको एक करोड रपैयाँ जम्मा भएको देखिएको छ ।

टिप्पणीहरू