जसपाका गोर्खाली नेता काठमाडौँमा

जसपाका गोर्खाली नेता काठमाडौँमा

निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि संगठन विस्तारमा होमिएको जनता समाजवादी पार्टी (जसपा)को काठमाडौँ–सिरानचोक सम्पर्क समितिले अन्तरक्रिया तथा जनप्रतिनिधि भेटघाट गरेको छ । आज बिहान वनस्थली खरिबोटस्थित मदर्स बैक्वेटमा कार्यक्रम गरेकाे हाे ।

कार्यक्रमलाई जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुले सम्बोधन गर्नुभएकाे थियाे ।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य दुर्गा न्यौपाने, गण्डकी प्रदेशका सह–ईञ्चार्ज रमेश पोखरेल, गोरखा जिल्ला अध्यक्ष नारायण खत्री, पाध्यक्ष अन्कला बराम सम्पर्क समितिका अध्यक्ष भिमसेना थापा, गण्डकी प्रदेशका खानेपानी मन्त्री हरिशरण आर्चाय, आयोजक कमिटी सदस्य चित्रबहादुर गुरुङ, वडाध्यक्ष ज्ञानेन्द्र पोखरेल, विद्यार्थी नेता रुप नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियाे ।

टिप्पणीहरू