आइजीपी थापा मधेश भ्रमणमा

आइजीपी थापा मधेश भ्रमणमा

२ नम्बर प्रदेशका ८ वटै जिल्लाको निरीक्षण भ्रमणमा निस्किनुभएका नेपाल प्रहरीका आइजीपी शैलेश थापाले सामूहिक कार्य र बन्धुत्व भावका साथ जिम्मेवारी निर्वाह गर्न जिल्लास्थित प्रहरी अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । प्रदेश २ को सुरक्षा अवस्थाबारे बुझ्न मधेश झर्नुभएका आइजीपी थापाले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसंग भेटघाट र छलफलमा यस्तो निर्देशन दिनुभएको हो ।

भेटघाटका क्रममा उहाँले असल नियत राखि सुम्पिएको जिम्मेवारी पूरा गर्न प्रहरी अफिसरहरुलाई कडा निर्देशन दिनुभएको हो । आइजीपी थापाले प्रमाणमुखी अनुसन्धान गर्न तथा जघन्य प्रकृतिका मुद्दा तथा संवेदनशील वर्गमा हुने अपराधका घटनामा थप चनाखो भई काम गर्न प्रहरी कर्मचारीहरुलाई आदेश पनि दिनुभएको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले समग्र प्रदेशको सुरक्षा स्थितिको रिपोर्टिङ्ग गर्नुभएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले २ नम्बर प्रदेशका ८ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तर्क्रियासमेत गर्नुभएको थियो ।

टिप्पणीहरू