दुर्गा प्रसाईं ‘कमाण्डर’, सर्वेन्द्र खनालदेखि भवानी राणाहरु कार्यकर्ता

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललगायतले दुर्गा प्रसाईंको आजको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् । एमालेको उम्मेदवारको रुपमा पछिल्लो आम निर्वाचनमा काठमाडौं ६ र तनहुँबाट प्रतिनिधि सभा उम्मेदवार रहेका खनालले
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरु भवानी राणा, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी अभिनेत्री मनिषा कोइरालाले पनि प्रसाईंको कार्यक्रममा समर्थन गरेका छन् । त्यसैगरी पत्रका टीकाराम यात्री, जीवराम भण्डारीले पनि राणा र खनालको भनाइमा समर्थन गरेको उल्लेख छ ।
प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाएको उनीहरुको आरोप छ । परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था आएका जिम्मेवार स्वयम् सरकार हुने उल्लेख गर्दै ३२ जनाले प्रसाईंको कार्यक्रममा समर्थन जनाएको उल्लेख छ ।
टिप्पणीहरू