धमाधम निर्वाचन प्रहरीको आवेदन म्याद थपिँदै
फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल प्रहरी प्रधान कार्यालयले खुलाएको निर्वाचन प्रहरीको आवेदन मिति आजबाट समाप्त भएको छ । एक लाख ३३ हजार ९८० जना भर्ना गर्न गत पुस २५ गतेदेखि आवेदन आह्वान गरिएकोमा आज आवेदन दिने अन्तिम दिन हो ।
म्याद सकिएसँगै प्रहरी कार्यालयहरुले धमाधम म्याद थप गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले माघ ३ गतेसम्म आवेदन मिति थपेको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले पनि दुई दिन म्याद थप गरेको छ ।
टिप्पणीहरू