५० प्रतिशत हस्ताक्षर, बाँकी लाइनमा

५० प्रतिशत हस्ताक्षर, बाँकी लाइनमा

नेपाली कांग्रेसका ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा रहेको पाइएको छ । संस्थापन पक्षको वकालत गर्दै नियमित महाधिवेशनमा जोड दिदै आएका नेताहरु पनि विशेष महाधिवेशनको पक्षमा खुल्न थालेका हुन् । 

यो समाचार तयार पर्दासम्म ४९.३४ प्रतिशत प्रतिनिधिले भृकुटीमण्डप पुगेर नाम दर्ता गराइसकेका छन् । भने, केही प्रतिनिधिहरु नाम दर्ता गराउन अझै लाइनमा छन् । 

कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेकोमा भोलिसम्म ६० प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरिसक्ने विशेष महाधिवेशन व्यवस्थापन समितिको अनुमान छ । जारी उद्घाटन समारोहमा बोल्ने अधिकांश नेताहरुले सभापति शेरहादुर देउवासहित संस्थापन पक्षका नेताहरुलाई भोलि बिहानदेखि सुरु हुने बन्दसत्रमा उपस्थित आग्रह गरिरहेको देखिन्छ । 

जिल्ला सभापतिहरुको प्रतिनिधित्व गर्दै बोलेका नेता चतुरबहादुर चन्दले चार महिनादेखि कोमामा रहेको पार्टीलाई लयमा ल्याएकोमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई धन्यवाद समेत दिएका छन् ।

टिप्पणीहरू