प्रदेश सांसद धरापमा पारेर उज्यालोतिर

प्रदेश सांसद धरापमा पारेर उज्यालोतिर

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका नागरिक उन्मुक्ति पार्टीको लुम्बिनी प्रदेश संसदीय दलको नेता रहेका पूर्वमन्त्री धर्मबहादुर चौधरीले बर्दियाबाट प्रतिनिधि सभामा चुनाव लड्ने घोषणा गरेका छन् । रास्वपासँगको एकता भङ्ग गर्दै कुलमानले उज्यालो नेपाल पार्टीको नेतृत्व गरेसँगै चौधरीले सो घोषणा गरेका हुन् । 

"बर्दियाबाटै प्रतिनिधि सभामा उज्यालो नेपाल पार्टीबाट उठ्ने तयारी गरेको छु"-चौधरीले भने, देशको आवश्यकता र समयको माग अनुसार निर्णय लिनैपर्यो । बर्दिया २ ख मा नाउपाका तर्फबाट निर्वाचित चौधरीको प्रदेश सांसद पद भने धरापमा परेको छ । नाउपामा रेशम र रन्जिताबीच विवाद चर्किदा रन्जिताको पक्षमा लागेका उनी यसअघि भौतिक पूर्वाधार मन्त्री थिए ।

दलबदलअनुसार नाउपाबाट निर्वाचित धर्म चौधरीको सांसद पद अर्को पार्टी प्रवेशसँगै सङ्कटमा परेको छ । प्रदेश सांसद पद धरापमा परेको बिषयमा भने उनले भने ‘अहिले पार्टी समायोजनको प्रक्रियामै छ ,कानुनी हिसाबले समस्या नहोला भन्ने लाग्छ तर म अब उज्यालो पार्टीमा लागेर जिम्मेवारी लिइसकें’ ।"

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन धर्मबहादुर चौधरी नाउपाबाट निर्वाचित भएको र अहिले पनि प्रदेश सभामा अभिलेख नाउपा नै रहेकोले पार्टी छाडेर त्यो पार्टीले कारबाही गरी पदमुक्त गराउन निवेदन दिएमा सांसद पद जाने बताउँछन् ।

लुम्बिनी प्रदेश सभामा नाउपाबाट ४ सांसद छन् ।

टिप्पणीहरू