काँग्रेसको संस्थापन खेमामा खैलाबैला, रणनीति बनाउँदै देउवा
नेपाली काँग्रेसको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागि भएसँगै संस्थापन खेमामा खैलाबैला मच्चिएको छ । सभापति शेरबहादुर देउवाका विश्वासपात्रहरू समेत सहभागी विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले हस्ताक्षर गरेपछि संस्थापन पक्ष संकटमा परेको हो ।
काठमाडौँको भृकुटीमण्डपमा आजदेखि शुरु भएको विशेष महाधिवेशनमा अहिलेसम्म २१ सय बढी प्रतिनिधिले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेक्रम जारी रहेकाले यो संख्या अझै बढ्ने दावी गरिएको छ ।
महाधिवेशनको उद्धघाटन सत्रमा देउवा निकट गोपालमान श्रेष्ठदेखि उउदयशमशेर राणा, विनोद चौधरी, डिला संग्रौला, पुष्पा भुसाल लगायत उपस्थित मात्र भएनन्, उनीहरूले नेतृत्व परिवर्तनको पक्षमा चर्को भाषणसमेत गरे । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कांग्रेसको नेतृत्व लिएर अघि बढ्न उनीहरूले सुझाव दिएका छन् ।
शुरुमा विशेष महाधिवेशन रोक्न र पछिल्लो चरण बहुमत पुग्न नदिन गरेको कसरतका बाबजुत गगन-विश्वको पल्लाभारी भएपछि संकटमा परेका सभापति देउवा आन्तरिक छलफलमा जुटेको खबर छ । भृकुटीमण्डपमा उद्धघाटन समारोह चलिरहँदा उनले थप रणनीति तय गर्न निकटहरूलाई छलफलमा बोलाएको बुझिएको छ ।
टिप्पणीहरू