यथास्थितिमा देश नबन्ने मन्त्रीको ठहर

यथास्थितिमा देश नबन्ने मन्त्रीको ठहर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रतिभाशाली र भिजन (दूरदृष्टी) भएका युवाहरूका लागि केही गर्न कानुन बाधक रहेको दावी गरेका छन् । 

उपयुक्त कानुन नबन्दासम्म नेपालमा शान्ति स्थापना र गरिबी नघट्ने उनले ठोकुवा गरे । विद्यमान कानुनले क्षमतावान युवाहरूलाई हतोत्साहित गरेको मन्त्री पुनको भनाइ छ । 

कानुनका पण्डितहरूले समेत यो समस्या बुझ्न नसकेको दावी गर्दै उनले भनेका छन्, ‘नेपालको ऐन कानुनले देशलाई समृद्ध बनाउन सक्ने दूरदृष्टी भएका सक्षम र प्रतिभाशाली युवाको उत्साहलाई सधैँ नै हतोत्साहित गरिरहेको छ ।’

आफू मन्त्री भइसकेपछि नेपालको विद्यामान कानुन र त्यसका जटिलताबारे सुक्ष्मरुपमा बुझ्ने मौका पाएको पुनले बताए । भन्छन्, ‘देशलाई समृद्ध बनाउन स्वच्छ नेताको दूरदृष्टीअनुसारको कानुन बनाउने चलन नल्याएसम्म नेपालमा अशान्ति र गरिबी नहट्ने देखियो ।’

टिप्पणीहरू