रविलाई उम्क्याउने चलखेलविरुद्ध अख्तियारमा उजुरी

रविलाई उम्क्याउने चलखेलविरुद्ध अख्तियारमा उजुरी

महान्यायाधिवक्ता सविता भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । देशभरका आधा दर्जन सहकारीको रकम हिनामिना गरेको आरोपमा मुद्दा चलाइएका रास्वपा सभापति रवि लामिछानेविरुद्धको अभियोग फिर्ता लिने उद्धेश्यसहित प्रक्रिया अघि बढाएको भन्दै सिन्धुलीका युवराज सफल (पौडेल)ले उजुरी दर्ता गराएका हुन् । 

लामिछानेविरुद्ध विभिन्न अदालतमा दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गराउन महान्यायाधिवक्ता भण्डारीले विचौलियाहरूसँग गोप्य भेटघाट गरी करोडौँ लेनदेन गरेको दावी उजुरीमा गरिएको छ । 

उनले नै लामिछानेलाई औपचारिक निवेदन दिन भनेको दावीसहित पत्रमा उल्लेख छ, ‘सो मुद्दहरू फिर्ता प्रक्रिया सम्पन्न गर्न रवि लामिछानेको विचौलिया र सविता भण्डारीको विचौलियाबीच करोडौँ रुपैयाँको लेनदेन गर्ने सहमति भएको सूचनाहरु मैलै पाएको छु ।’

महान्यायाधिवक्ता भण्डारीले केही महिनाअघि निर्दोष किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब तस्करी गर्ने आफ्नै कम्पनी र आफन्तविरुद्ध पनि मुद्दा नचलाउने निर्णय गराएको उजुरीमा अवगत गराइएको छ । 

दर्ता नं सी ०३८६१६ रहेको उजुरीमा निजलाई तत्काल पक्राउ गर्न माग गर्दै भनिएको छ, ‘डिम्ब तस्करी गर्ने आरोपितको मुद्दा नचलाउने निर्णयको फाइल र रवि लामिछानेको मुद्दा फिर्ता लिनेगरी उठाइएको फाइल तत्काल जफत गरी महान्यायाधिवक्ता नामक भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भण्डारीलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न माग गर्दछु ।’

विलाई उम्क्याउन प्रधानमन्त्रीसमेतको सल्लाहमा अभियोजनपत्र सच्याउने खेल चलिरहेको विस्तृत विवरणसहितको समाचार आजको जनआस्था पत्रिकामा छापिएको छ

टिप्पणीहरू