मदुरोको बोक्नेहरुले जलाए ट्रम्पको फोटो

मदुरोको बोक्नेहरुले जलाए ट्रम्पको फोटो फाइल फाेटाे

राजधानीको माइतीघरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटो जलाइएको छ । लोक नारायण सुवेदी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रममा भेनेजुएलामाथि भएको सैन्य आक्रमणको विरोध गर्दै राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई तत्काली रिहा गर्नुपर्ने आवाज उठाइएको छ ।

‘सार्वभौम भेनजुएली जनतासँग उभिन्छौं’ लेखिएको प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले कार्यक्रमको अन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटोमा आगो लगाएका थिए । भेनेजुएलाका राष्ट्रपतिको फोटो बोक्दै उनीहरुले ट्रम्प युद्ध अपराधी भएकाले कठघरामा उभ्याउनुपर्ने माग गरेका छन् ।

अमेरिकी साम्राज्यवाद मुर्दावाद, युद्ध अपराधी ट्रम्पलाई कठघरामा उभ्याउ, सार्वभौम राष्ट्रहरु जिन्दावादलगायत नारा पनि लगाइएको थियो ।

टिप्पणीहरू