काङ्ग्रेसमा जत्ति गर्दा पनि मिल्दै मिल्दैन त कुरो !
नेपाली काँग्रेसको जारी विवाद फुटतर्फ उन्मुख देखिएको छ । विशेष महाधिवेशन पक्षधरले राखेका अधिकांश शर्त स्वीकार गर्न सभापति शेरबहादुर देउवा तयार हुँदा पनि महामन्त्री गगन थापाले शर्त थपेको थप्यै गर्दा काँग्रेस औपचारिक विभाजनको बाटोमा अघि बढेको बताइन्छ ।
अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई लिएर आज बिहान सभापति देउवा भेट्न पुगेका थापाले पार्टी एकताका लागि पाँच वटा शर्त राखेका थिए । विशेष महाधिवेशनले पास गरेको नीति तथा कार्यक्रमको स्वामित्व ग्रहण गर्नुपर्ने, देउवाले नेतृत्वबाट औपचारिकरुपमा बिदा लिनुपर्ने,आगामी चुनावको टिकटमा उनको हस्ताक्षर हुन नहुनेजस्ता कुरामा लिखित प्रतिवद्धता जनाउनुपर्ने माग थियो ।
पार्टी एकताका लागि महामन्त्रीद्वयले अघि सारेका अधिकांश शर्त स्वीकार्न तयार रहेको सन्देश देउवाले दिएका थिए । तर, गगनलाई भावी प्रधानमन्त्री घोषणा गरेर जानुपर्ने अर्को माग तेर्स्याइएपछि जुट्नै लागेको सहमति भाँडिएको मध्यमार्गी धारका एक नेताले दावी गरे ।
'पार्टीभित्रको यो विवादमा विभिन्न पक्षले खेलिरहेको आशंका हामीलाई थियो । महामन्त्रीहरू जसरी नयाँ-नयाँ शर्त अघि सारिरहनुभएको छ, त्यसले के पुष्टि भयो भने यो अर्गानिक विवाद होइन', उनै नेताले भने ।
सहमतिको सम्भावना अब अन्त्य भएको संकेत कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकका लागि सानेपास्थित पार्टी मुख्यालय पुगेका उनले सहमति जुट्न नसकेको ब्रिफिङ गर्दै अब कारवाहीको विकल्प नभएको बताए ।
'पार्टीभित्रको यो विवादमा विभिन्न पक्षले खेलिरहेको आशंका हामीलाई थियो । महामन्त्रीहरू जसरी नयाँ-नयाँ शर्त अघि सारिरहनुभएको छ, त्यसले के पुष्टि भयो भने यो अर्गानिक विवाद होइन', उनै नेताले भने ।
उता, निर्वाचन समितिले भने थापालाई निर्विरोध सभापति घोषणा गर्न लागेको बुझिन्छ । सभापतिमा उनको मात्रै उम्मेदवारी परेको छ ।
टिप्पणीहरू