‘गगन होइन हामी’ भन्दै निर्वाचन आयोगमा काँग्रेस टोली

‘गगन होइन हामी’ भन्दै निर्वाचन आयोगमा काँग्रेस टोली

नेपाली काँग्रेसको संस्थापन पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोगको कार्यालय, कान्तिपथ पुगेका छन् । काँग्रेसको आधिकारिकता विवादमा आफ्नो पक्षको दाबी गर्दै हिजो गगन पक्षधर र आज शेरबहादुर देउवा समूह आयोग पुगेको हो ।

राजधानीमा भएको विशेष महाधिवेशनले गगन थापा सभापति निर्वाचित भएको दाबी गर्दै हिजो उक्त टोली आयोगमा गएको थियो । आज सभापति देउवा समूह आफूहरुले कारबाही गरिसकेकाले आधिकारिकताका लागि गगन समूहको औचित्य सकिएको जिकीर छ ।

निर्वाचन आयोगले भने दुबै पक्षको दाबीमाथि कानुनी रुपमा सुक्ष्म अध्ययन भइरहेको जनाएको छ ।

केहीबेर अघि आयोग पुगेकाहरुमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का,उपसभापति धनराज गुरुङ,केन्द्रीय सदस्य विमलेन्द्र निधि, शेखर कोइराला, सशांक कोइराला, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक, दिपक खडका, एन पि साउद,भीमसेन दास प्रधान, मिलेन्द्र रिजाल,सुजाता कोइराला छन् । त्यसैगरी मन्जु खाड,बलबहादुर केसी, मोहनबहादुर बस्नेत, जित जङ्ग बस्नेत,रमेश रिजाल,एन महरलगायत एक सयजना हाराहारी केन्द्रीय सदस्यले कार्यवाहक कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल थालेका छन् ।
 

टिप्पणीहरू