त्यो समर्थनले दुर्गाको हिँसालाई बल पुग्यो कि !

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणालगायत केही व्यापारीमाथि आजको लुटपाट र आगजनीको मतियार बनेको आरोप लागेको छ । पूर्वअध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, पूर्व उपाध्यक्षहरु भाष्करराज राजकर्णिकार, दिनेश श्रेष्ठ, किशोर प्रधानसम्मले हिजो प्रसाईको परोक्ष समर्थनमा विज्ञप्ति निकालेका थिए ।
पूर्व उपाध्यक्ष तथा नेपाल वायुसेवा निगमका सञ्चालक किशोर प्रधान, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकारसम्मले आजको आन्दोलनलाई समर्थन गरेका छन् । उनीहरुसँगै टीकाराम यात्री, मनिषा कोइराला, जीवराम भण्डारी, सर्वेन्द्र खनालगायतले पनि राजावादीहरुको आन्दोलनलाई समर्थन गर्दै विज्ञप्ति निकालेका हुन् ।
उनीहरुले विज्ञप्ति जारी गर्दै परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने त्यसको जिम्मेवार स्वयं सरकार हुने चेतावनी दिएका थिए । दुर्गा प्रसाईको राजावादी आन्दोलनलाई जनताका शान्तिपूर्ण आवाज र मागको संज्ञासमेत दिएका थिए ।
टिप्पणीहरू