बैंक लुटाउने घरबेटी

बैंक लुटाउने घरबेटी

अस्ति बेलुका सिन्धुलीको घ्याङ्लेखस्थित एसबिआई बैंक लुटपाटको योजनाकार भएको आरोपमा घर धनी छविलाल स्याङ्तान पक्राउ परेका छन् । बैंक लुटिएको दिन बिहानै सवारी ट्रायल दिन जनकपुर जाँदैछु भन्दै निस्किएका स्याङ्तानलाई प्रहरीले हिजो महोत्तरीबाट समातेको छ ।

उनका जेठान चतुरमान बज्युलाई समेत आजै सुनकोशीबाट इलाका प्रहरी कार्यालय खुर्कोट र रातमाटा चौकीद्वारा पक्राउ गरिएको  छ ।

छविलाल यसअघि पनि विभिन्न घटनामा जोडिँदै राजनीतिक तथा शक्तिको आडमा पटक–पटक जोगिँदै आएका थिए । बैंकबाट ३ करोडभन्दा धेरै रकम लुटिएको थियो । 

बैंक लुटपाटमा पक्राउ परेका चारै जनाले बयानका क्रममा स्याङ्तानले घर पेन्ट गर्ने काम छ भन्दै बोलाएको र बैंक लुट्न लगाएको बताएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनले उक्त बैंकबाट ऋण लिएको र ऋण तिर्न बैंक लुटेको हुनसक्ने स्थानीय बताउँछन् ।

टिप्पणीहरू