जेसिबी पल्टिँदा सहचालक बिते, चालक बेपत्ता

जेसिबी पल्टिँदा सहचालक बिते, चालक बेपत्ता

रुकुम पश्चिममा जेसिबी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बाँकेका २७ वर्षीय भागिराम चौधरी रहेका छन् ।  

प्रहरीका अनुसार जिल्लाको बाँफिकोट गाउँपालिका-७ भम्पु स्थित नदुवा-झारमारे जोड्ने भित्री सडक खण्डमा बाटो खन्नेक्रममा उक्त दुर्घटना भएको हो । आठबिसकोट नगर्पालोका-१ का बले कामीले चलाएको रा १ क १४०२ नम्बरको जेसिबी सडकदेखि ५ सय मिटर तल खसेको थियो । 

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मग्माबाट असई भीमबहादुर रावतको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर झबिन्द्र परियारको कमाण्डमा ५ जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । जेसिबीका चालक फरार रहेको र अहिलेसम्म सम्पर्क हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू