दुई ट्रक ठोकियो, चालक च्यापिए

दुई ट्रक ठोकियो, चालक च्यापिए

दाङमा दुई ट्रक एकआपसमा ठोकिएका छन् । लमही-नेपालगञ्ज सडकखण्डमा यस्तो दुर्घटना भएको हो । 

प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन । घाइते चालकलाई उद्धार गरी अस्पताल पठाइएको छ । 

चालक ट्रकमै च्यापिएपछि जेसिबी लगाएर उद्धार गरिएको थियो । अहिले प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू