गृहमन्त्रीलाई माधवले नसोध्दै राजेन्द्र पाण्डेको केरकार

गृहमन्त्रीलाई माधवले नसोध्दै राजेन्द्र पाण्डेको केरकार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्री रमेश लेखकलाई हिजोको तोडफोडमा मन्त्रीको आदेश प्रहरीले नमानेको हो ? भन्दै प्रश्न गर्नुभएको छ । आज बिहान आलोकनगरस्थित पार्टी कार्यालयको अनुगमनमा पुगेका गृहमन्त्रीसँग उक्त सोधनी भएको हो ।
 

लेखक आज बिहान तीनकुने, कोटेश्वर,सिनामंगल क्षेत्रमा हिजो राजावादीहरुले गरेको तोडफोड, आगजनी,लुटपाटबाट भएको क्षतिको अवलोकन गर्ने क्रममा एकीकृत समाजवादीको कार्यालय पनि पुग्नुभएको थियोे  । एकीकृत समाजवादीको कार्यालयमा  आन्दोलनकारीले तोडफोड गर्न थालेपछि प्रहरीलाई जानकारी गराउँदा पनि समयमा सुरक्षाकर्मी नआएकोबारे हिजै वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गृहमन्त्री लेखकसँग कुरा गर्नुभएको थियो । नजिकै एमाले र सानेपास्थित काँग्रेस मुख्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको सरकार एकीकृत समाजवादीको पार्टी कार्यालयमा आक्रमण हुँदा मुकदर्शक भएर बसेको उहाँको आरोप थियो । 

पाण्डेले हिजै राति पार्टी कार्यालय ध्वस्त पारिएपछि मात्रै सुरक्षाकर्मी पुगेकोमा गृहमन्त्रीसँग रोष प्रकट गर्नुभयो । हिजो दिउँसो प्रदर्शनीमार्गमा एकीकृत समाजवादी,माओवादीलगायत पार्टीहरुले समाजवादी मोर्चाको नाममा गणतन्त्रको पक्षमा प्रदर्शन गरेका थिए । दुर्गा प्रसाईंलाई काउण्टर दिँदै आयोजना गरिएको कार्यक्रममा नेता तथा कार्यकर्ता व्यस्त हुँदा यता पार्टी कार्यालय ध्वस्त भइसकेको थियो । गणतन्त्र जोगाउने सरकारी जिम्मामा रहेका काँग्रेस र एमालेको हिजोको भूमिकालाई लिएर विपक्षी दलहरुले विभिन्न आशंका गरेका छन् ।

समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याई गरेको समाजवादी पार्टीका नेताहरुको आरोप छ ।

टिप्पणीहरू