भाँडियो सहमति, रास्वपाको आकस्मिक सचिवालय बैठक बस्दै

भाँडियो सहमति, रास्वपाको आकस्मिक सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार अहिले केहीबेरमा भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । उज्यालो नेपाल पार्टीसँग पुस १४ गते भएको समझदारी भाँडिएपछि रास्वपाले आकस्मिक बैठक बोलाएको हो ।

हिजो बिहान र बेलुकी दुई पटक रवि लामिछाने र कुलमान घिसिङबीच भएको वार्तामा सहमति नभएपछि विवाद उत्कर्षमा पुगेको छ। संघीयता, धर्मनिरपेक्षता र समावेशिताका विषयमा लिखित सहमति हुनुपर्ने कुलमानको अडान कार्यान्वयन नभएपछि उज्यालो नेपालका नेता तथा कार्यकर्ताहरु सशंकित बनेर नयाँ रणनीति अपनाउने अवस्थामा पुगेपछि रविले बैठक डाकेका हुन् ।

टिप्पणीहरू