उज्यालो नेपालको बैठकमा रविसँग सहमति भाँडिएको जानकारी

उज्यालो नेपालको बैठकमा रविसँग सहमति भाँडिएको जानकारी

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आकस्मिक केन्द्रीय समिति बैठक बसेको छ । रवि लामिछाने नेतृत्वको रास्वपासँग पुस १४ गते गरिएको सहमति कार्यान्वयन नभएपछि घिसिङको पार्टीले केन्द्रीय समिति बैठक बोलाएको हो । 

उता रवि नेतृत्वको रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठक पनि बसेको छ । हिजो बिहान र बेलुकी रवि र कुलमानबीच भएको वार्ता सहमतिमा पुग्न नसकेपछि दुई दलको एकता भाँडिएको हो ।

आजको बैठकले उक्त पार्टीको अध्यक्षमा कुलमानलाई नियुक्त गर्ने बताइएको छ ।

टिप्पणीहरू