छेउतिर संस्थापनपक्षीय नेताहरु
नेपाली कांग्रेसको विशेष महाधिवेशन औपचारिक रुपमा उद्घाटन गरिएको छ । काठमाडौँ जिल्ला कार्यसमिति सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा सुरु भएको कार्यक्रमको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा दीप प्रज्वलनबाट गरेका हुन् ।
विभिन्न स्थानबाट निकालिएको जुलुस भृकुटीमण्डप पुगेसँगै विशेष महाधिवेशन शुरु भएको हो । नेताहरु चन्द्र भण्डारी, अर्जुनरसिंह केसी, महेश आचार्यलगायत पनि सहभागी छन् ।
सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का पक्षधर नेताहरु भने खासै देखिएका छ्रैनन् । यसअघि संस्थापन पक्षको वकालत गरेका कतिपय नेताहरु भने उद्घाटनस्थलको छेउतिर उभिएका छन् ।
टिप्पणीहरू