सहकारी ठग्नेहरु बाहिरै, सुन्तला चोर्नेलाई थप थुनिँदै

सहकारी ठग्नेहरु बाहिरै, सुन्तला चोर्नेलाई थप थुनिँदै

नेपालीमा एउटा उखान छ,‘नेपालको कानुन दैवले जानुन् ।’ कोही दुई दाना स्याऊ र सुन्तला चोर्दा प्रहरी हिरासतमा पुगेका छन् भने कोही सहकारीको करोडौं रकम अपचलन गरेवापत मुध्दा चल्दासमेत निष्फ्रिकी हिँडिरहेका छन् । राजावादी आन्दोलन क्रममा ‘मौकामा चौका’ हान्नेहरुलाई प्रहरीले भटाभट नियन्त्रणमा लिइरहेको छ । पक्राउ परेकामध्ये एक जना यस्ता पनि छन् कि जसले दुई दाना स्याउ र सुन्तला मात्र निकालेका थिए ।  

कोटेश्वरस्थित भाटभटेनीबाट एक अधबैँसे पुरुष सुन्तला र स्याऊको दाना बोकेर निस्किरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अरुले महङ्गा रक्सीको बोतल उठाउँदा उनी भने दुई दाना स्याऊ र सुन्तला गोजीमा हालेर भलाद्मी पाराले निस्कँदै थिए । प्रहरीले ती वृद्धलाई नियन्त्रणमा लिएर राज्यविरुद्धको अपराधमा म्याद थप्न राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल समशेर राणासँगै जिल्ला सरकारी वकिल कार्यालय,काठमाडौंमा उपस्थित गराएको छ । उनलाई पनि हत्कडी लगाएर आज म्याद थपका लागि लगिएको हो । 

कानुन यदि सबैलाई यसरी नै समान तरिकाले लागु हुन्थ्यो भने आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाहिर र छविलाल जोशी जेलभित्र हुन्थेनन् । स्याऊ र सुन्तला चोरेको आरोपमा समातेर म्याद थपका लागि लैजानु एकदमै मार्मिक विषय हो । तर, भीडको पछाडि लाग्ने र मिडियाबाजी गरेर भ्युज कमाउने समाजलाई के नै भन्न सकिन्छ र !

 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...

टिप्पणीहरू