प्रहरी प्रमुख पर्सि भैँसेपाटीबाट नक्साल सर्दै

चैत ४ गतेदेखि नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आइजीपी) नियुक्त दिपक थापा पर्सी मंगलबारको शुभ साइत पारेर सरकारी निवासमा सर्ने भएका छन् । आज मर्मतको काम नसकिएको र भोलि हजुरबाको श्राद्ध परेकाले पर्सिको साइत जुरेको हो ।
सोमबार बालुवाटारमा बसेको क्याबिनेट बैठकले सबैका मिलनसार थापालाई केन्द्रीय अनुसन्धान ब्युरोको बेस्ट पर्फर्मेन्स र वरियताका आधारमा ७६ हजार फौजको नेतृत्व सुम्पिने निर्णय गरेको थियो । एआइजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै आइजी बनेका भक्तपुर निवासी उनी केही बर्षदेखि ललितपुरको भैँसेपाटीस्थित निजी निवासमा बस्दै आएका छन् ।
'आज सर्न भ्याउनुभएन,भोलि हजुरबाको श्राद्ध छ,अब पर्सि सर्ने भन्नुभएको छ',सोही स्रोतले भन्यो ।
आजै नक्सालस्थित हेडक्वार्टरमा रहेको निवासमा सर्ने तयारी भए पनि मर्मत-सम्भारको काम नसकिएकाले रोकिएको गृह मन्त्रालयस्थित जनआस्था स्रोतले जनाएको छ । 'आज सर्न भ्याउनुभएन,भोलि हजुरबाको श्राद्ध छ,अब पर्सि सर्ने भन्नुभएको छ',सोही स्रोतले भन्यो ।
यता,अन्तिम राजा ज्ञानेन्द्र शाह समर्थकको हिंसात्मक आन्दोलनमा मारिएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको शव अहिलेसम्म पोष्टमार्टम भएको छैन । यसअघि पोष्टमार्टम रिपोर्टको हवाला दिँदै कतिपयले गोली लागेर मारिएको प्रचार गराएका थिए ।
तर,अहिलेसम्म शव पोष्टमार्टम नभएको प्रहरी स्रोतले बताएकाले सुरक्षाकर्मीले गोली हानेर मारेको भन्ने पार्न राजावादीहरुले योजनावद्ध रुपमा भ्रमपूर्ण प्रचार गराएको प्रहरीको भनाई छ । सोही स्रोतले भन्यो, 'पोष्टमार्टम भएकै छैन । मिडियालाई कसरी गोली लागेको भन्ने थाहा हुन्छ यार !'
मृतकका परिवारले अहिलेसम्म जाहेरी नदिएको र शव अस्पतालमै रहेको बताइएको छ ।
टिप्पणीहरू