रवीन्द्र र धवल कम्तीमा पर्सिसम्म प्रहरी हिरासतमा

रवीन्द्र र धवल कम्तीमा पर्सिसम्म प्रहरी हिरासतमा

जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

पक्राउ परेको दिनदेखि गणना हुनेगरी अदालतले पाँच दिनको अनुमति दिएको हो । उनीहरुविरुद्ध राजावादीहरुको अस्तिको घटनामा प्रत्यक्ष संलग्न रहेकाले राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने तयारी छ । 

पक्राउ परेका अन्य ३१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधको अभियोग लगाईंदै छ । प्रहरीले थप सूचना र जानकारीका लागि सार्वजनिक आह्वानसमेत गरेको छ ।

पक्राउ परेकाहरुमध्ये स्वागत नेपाललगायत अन्य केहीलाई हाजिरी जमानीमा छाडिएको छ ।

टिप्पणीहरू