के रुने पुरुषहरु नामर्द नै हुन् ?
रुनु भनेको मनोवैज्ञानिक तथा शारीरिक प्रतिक्रिया हो, जसमा व्यक्तिको कुनै भावना जस्तैः दुःख, पीडा, खुसी, संवेदनशीलताको कारण आँखाबाट आँसु झर्दछ, जसलाइ हामी रुनु वा रोएको भन्दछौं । रुनु भनेको केवल आँखाबाट आँसु झार्नु मात्र होइन, यसले मानिसको आन्तरिक भावनात्मक अवस्थालाई पनि व्यक्त गर्छ । दुःख, माया, पीडा, खुसी जस्ता गहिरा अनुभूतिहरु व्यक्त गर्नको लागी रुनु एक प्राकृतिक प्रक्रिया हो, यसले मन हलुका बनाउने, तनाव घटाउने तथा मानसिक सान्त्वना दिने काम गर्दछ । धेरैले रुनुलाई कहिलेका…