छिछि यस्तो पनि हुन्छ अधिकार ?
– यमुना अर्याल
तिम्रा श्रीमान्ले भान्साको काममा कत्तिको सघाउँछन् हँ बैनी ?
अहँ, कहिलेकाहीँ नसक्दा, बिसञ्चो भएका बेला मात्र हो सघाउने भनेको ।
उसोभए भाँडा माझ्न, लुगा धुन पनि सघाउँदैनन् होला हैन त ?
खाना त नपकाउने, सघाए भाँडा माझ्न, लुगा धुन ? मलाई त लोग्नेमान्छेले भान्साको काम गरेको, लिपपोत गरेको पटक्कै मन पर्दैन हो दिदी । मेलोमेसो केही पाउँदैनन्, जान्दा पनि जान्दैनन्, जहिले पनि आफैं गर्छु । ठूलै गाह्रोसाह्रो परेका बेला सघाइहाल्छन्, त्यो अलग कुरा हो, सानातिना कुरामा …