कमरेड, राजावादी नै हौं त हामी ?
नारायण नेपाल
कमरेड किरण, माओवादीको पालुङटार बैठक आसपास तपार्ईंसँग लामो छलफल गरेका थियांै । पार्टी संसद्वादमा गयो, मचाहिँ त्यता जान्न भनेर आश्वस्त पारेपछि आन्दोलन नयाँ शिराबाट उठ्ने आशा र अपेक्षा गरेका थियौं ।
संसद्वादमा नफस्ने र फस्न नदिने अठोटलाई सलाम दिएर आएका थियौं तर आजको चर्तिकला हेर्दा लाग्छ, हिजो कहाँ जान हिँडेका थियाँै, कहाँ आइपुग्यौं । भन्नुहोस् पूर्व जान हिँडेको किन पश्चिम पुगियो । अचार खान भनेर रछ्यानमा गोलभेडाको बिउ रोप्दा धतुरो किन फल्यो ? आजभोलि माओवादी…