हाम्रो ठाउँ किन दोस्रो दर्जामा ?
डा. कृष्ण पौडेल
मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीलाई चित्त बुझाउने नाममा सरकारले प्रदेश नं. २ को असार १४ गतेलाई तोकिएको स्थानीय निर्वाचन झण्डै साढे दुई महिनापछि असोज २ गते सारेको छ । विनापर्याप्त कारण । असन्तुष्ट पक्षको स्वामित्वविनै गरिएको निर्वाचन स्थगनको चौतर्फी विरोध भइरहेको छ । निर्वाचन सार्ने प्रस्तावमा निर्वाचन आयोग सन्तुष्ट थिएन । यसबाट पोलिटिकल इलेक्टोरल डिजास्टरको चेतावनी दिएको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले गम्भीर असहमति जाहेर गर्दै अतिवादसँग सत्तापक्षको आत्मसमर्…